ad ad

कला


रहेनन् अग्रज संगीत संयोजक एवम् वाद्यवादक नोर्बु छिरिङ

रहेनन् अग्रज संगीत संयोजक एवम् वाद्यवादक नोर्बु छिरिङ

नेपालखबर
माघ १, २०८० सोमबार १८:२६, काठमाडौँ

अग्रज संगीतकार, संगीत संयोजक तथा वाद्यवादक नोर्बु छिरिङ (आपा) को निधन भएको छ।

उनको ७५ वर्षको उमेरमा आज बिहान ललितपुरको हात्तीवनस्थित निवासमा निधन भएको नेपाल संगीतकार संघले जनाएको छ।

आपाको निधनले नेपाली गीत/संगीत क्षेत्रलाई मर्माहित तुल्याएको संघले जनाएको छन्। साथै अन्य संगीतक्षेत्रका व्यक्तिहरूले समेत आपाको मृत्युप्रति दुःख व्यक्त गरेका छन्।

नारायणगोपाल, नाती काजी, भक्तराज आचार्यका गीतमा संगीत संयोजन गरेका छिरिङ अशक्त भएर कोरोनापछि वाद्य वादनबाट टाढिएका थिए।

छिरिङका श्रीमती र दुई छोरी छन्। दुवै छोरीहरू विदेशबाट आएपछि बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिने बताइएको छ।

छिरिङले संगीत संयोजन गरेका ‘किन फेरि सम्झी तड्पिन्छ मन’, ‘जीवन भन्नु त घात छ’ लगायतका गीतहरू चर्चित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .