ad ad

कला


सिद्धार्थले कियारालाई इटालीमा गरेका थिए प्रपोज

सिद्धार्थले कियारालाई इटालीमा गरेका थिए प्रपोज

नेपालखबर
माघ २, २०८० मंगलबार १३:३६, काठमाडौँ

आज भारतीय अभिनेता सिद्थार्थ मल्होत्राको ३९ औँ जन्मदिन। सन् २०१२ मा सिद्धार्थले फिल्म ‘स्टुडेन्ट अफ द इयर’  बाट बलिउडमा डेब्यु गरे।

पहिलो फिल्मबाटै राम्रो चर्चा पाएपनि उनले बलिउडमा डेब्यू गर्न निकै संघर्ष गरेका थिए।  

सिद्धार्थले मोडलिङदेखि सहायक निर्देशकको काम गरे, अडिसन दिएर मात्रै फिल्मसम्म पुगे। उनको पहिलो कमाइ सात हजार भारु थियो। अहिले भने सिद्धार्थ ७० करोड भारुको घरमा बस्छन्।  

उनको करियरकरजस्तै लबस्टोरी पनि निकै चाखलाग्दो छ। गत वर्ष अभिनेत्री कियारा आडवाणीसँग बिहे गरेको उनको लभलाइफ पनि फिल्मी स्टाइलको छ। 

‘शेरशाह’ को सुटिङका क्रममा सिद्थार्थ र कियारा नजिक भएको भन्ने गरिन्छ। तर, वास्तवमा यो कुरा सही होइन्। उनीहरुको पहिलो भेट सन् २०१८ मा फिल्म ‘लस्ट स्टोरी’ को र्याप अप पार्टीमा भएको थियो। करण जोहरको निमन्त्रणामा सिद्धार्थ यहाँ पुगेका थिए भने कियारा यस फिल्मकी अभिनेत्री थिइन्।

पहिलो भेटपछि नै दुवैजना पार्टी छाडेर बाहिरिएका थिए। यसपछि दुबै जना धेरै पटक सँगै देखिए। तर, दुवैले आफ्नो सम्बन्धलाई मित्रता मात्रै भएको बताउन्थे। यसैबीच फिल्म ‘शेरशाह’ को सुटिङका कारण दुवै नजिक आए।
हालै जब सिद्धार्थ शो ‘कफी विथ करण-८’ मा पुगेका थिए, जहाँ करणले सिद्धार्थको कियारासँगको सम्बन्धबारे खुलासा गरे। 

करणले भने, ‘एकपटक सिद्धार्थलाई ज्वरो आएको थियो, तर पनि उनी मेरो पार्टीमा आएका थिए। कियारासँग उनको झगडा भयो तर दुई घण्टापछि कियाराले उनलाई आफ्नै हातले खुवाउँदै थिइन्।’ 

करणका अनुसार यी दुईबीचको बन्डिङ देखेपछि उनलाई बिहे हुने कुरा थाहा थियो। अन्ततः सिद्धार्थ र कियाराको विवाह ७ फेब्रुअरी २०२३ बिहे गरे। 

‘कफी विथ करण–८’ मा कियाराले पनि आफूलाई सिद्धार्थले इटालीमा प्रपोज गरेको बताइन्। 

विवाहपछि कियारा र सिद्धार्थ मुम्बईको जुहुमा रहेको सि फेसिङ अपार्टमेन्टमा बसे। यस घरको इन्टेरियर शाहरुख खानकी श्रीमती गौरी खानले डिजाइन गरेका हुन्। यस घरको मूल्य ७० करोड रुपैयाँ भारु रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .