फिल्म ‘लाहुरे एन्ड दाउरे’ मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन्। विल्सन विक्रम राईको निर्देशनमा बन्ने फिल्ममा बराल फरक भूमिकामा देखिनेछन्।
बुधबार निर्माण टिमले बरालसँग लिखित सम्झौता गरिसकेको छ। विल्सनका अनुसार विजय यो फिल्ममा अहिलेसम्मकै फरक भूमिकामा देखिने छन्।
फिल्मको मुख्य भूमिकामा यसअधि नै अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन्।
विजयको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप पनि बलियो बन्दै गएको छ। मुख्य अभिनेत्रीसहित अन्य कलाकारको टुंगो लाग्न सकेको छैन।
यो फिल्म विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो। कमेडी र लभस्टोरीको कथावस्तुमा जनरामा बन्न लागेको फिल्मको कथा विल्सनले लेखेका हुन्।
सरिना लामा निर्माता रहेको यो फिल्म विल्सनको डेब्यु निर्देशकीय फिल्म समेत हो।
36
Shares
प्रतिक्रिया