ad ad

कला


सुनील पोखरेल र वर्षा शिवाकोटीको मुख्य भूमिकामा ‘झिल्को’ बन्ने

सुनील पोखरेल र वर्षा शिवाकोटीको मुख्य भूमिकामा ‘झिल्को’ बन्ने

नेपालखबर
माघ ५, २०८० शुक्रबार १०:५९, काठमाडौँ

यादवकुमार भट्टराईको निर्देशनमा फिल्म ‘झिल्को’ बन्ने भएको छ। 

बिहीबार फिल्मको शुभमुहूर्तसँगै निर्माण घोषणा गरिएको हो। झिल्कोमा सामाजिक मुद्दालाई उठान गर्ने निर्देशक भट्टराईले बताए। 

यो उनको तेस्रो निर्देशकीय फिचर फिल्म हुनेछ। यसअघि भट्टराईले सामाजिक मुद्दामाथि ‘झोला’ र ‘भोर’ निर्माण गरेका थिए। सतीप्रभामाथि बनेको झोला सन् २०१४ को अस्कर अवार्डको लागि नेपालबाट सिफारिस भएको थियो।
 

झिल्कोमा सुनील पोखरेल, वर्षा शिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको अभिनय रहनेछ। रंगकर्मी सुनिलले १३ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन्। उनी पछिल्लोपटक फिल्म आचार्यमा देखिएका थिए। 

यस फिल्मको पटकथा र संवाद भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले लेखेका हुन्। माघ २२ गतेबाट काठमाडौंमा छायाङ्कन सुरु हुने फिल्मलाई दीपक बज्राचार्यले खिँच्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .