रामबाबु गुरुङको निर्माण र निर्देशन रहेको फिल्म ‘डिग्री माइला: एमए थर्ड क्लास’को छायांकन सकिएको छ।
ओखलढुंगाको रुम्जाटारमा ४५ दिनमा फिल्मको इन्डक्ल्याप गरिएको हो। असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन सुरु गरिएको थियो।
दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरु गर्दै ओखलढुंगाको रुम्जाटार पुगेर टुंगाइएको हो।
बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्ममा दयाहाङ राई मुख्य भूमिकामा छन्। यस फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा समेटेको छ।
96
Shares
प्रतिक्रिया