ad ad

कला


ऋतिकको ‘फाइटर’ले कति कमायो पहिलो दिन?

ऋतिकको ‘फाइटर’ले कति कमायो पहिलो दिन?

नेपालखबर
माघ १२, २०८० शुक्रबार ११:९, काठमाडौँ

ऋतिक रोशन स्टारर बलिउड फिल्म 'फाइटर' पहिलो दिन ठिकठाक व्यापार गरेको छ।

यस फिल्मले सबै भाषामा घरेलु बक्सअफिसमा पहिलो दिन २२ करोड भारतीय रुपैयाँको ओपनिङ गरेको हो।

फाइटर सन् २०२४ को पहिलो बहुप्रतिक्षित फिल्म हो। जसकारण यस फिल्मबाट धेरै अपेक्षा गरिएको थियो। तर, आज भारतमा गणतन्त्र दिवसको अवसरमा बिदा छ।

राम्रो समीक्षा र बिदाले यस फिल्मलाई आज फाइदा पुग्ने देखिन्छ। दोस्रो दिन फिल्मले ३५ करोड भारुको हाराहारीमा कमाउने अनुमान छ। ऋतिकले सर्वाधिक ओपनिङ गर्ने फिल्म 'वार' हो। यसले पहिलो दिन ५३ करोड भारु बढीको ओपनिङ गरेको छ।

फाइटर भने ऋतिकको सर्वाधिक ओपनिङ गर्ने फिल्मको पाँचौँ नम्बरमा छ। यस फिल्ममा ऋतिक रोशनसँगै दीपिका पादुकोण र अनिल कपुर मुख्य भूमिकामा छन्। भायाकम १८ स्टुडियोमा निर्माण भएको यस फिल्मलाई भारतको पहिलो एरिकल एक्सन फिल्मसमेत भनिएको छ।

फिल्मको कथा सिद्धार्थ आनन्द र भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .