ad ad

कला


अमेरिकी सेना बने दयाहाङ

अमेरिकी सेना बने दयाहाङ

नेपालखबर
माघ १७, २०८० बुधबार १६:११, काठमाडौँ

बिनोद पौडेल निर्देशित फिल्म ‘भूठान’को छायाङ्कन सकिएको छ। अमेरिकाको ओहायोमा फिल्मको इन्डक्याल्प गरिएको हो। यस फिल्मको अंग्रेजी नाम ‘द वर्ल्ड ह्यापिएस्ट म्यान’राखिएको छ।

यस फिल्ममा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द लामा, ऋचा घिमिरे, भुवन प्याकुरेल, विमल सुवेदी, अदिति प्याकुरेल, जोयश पाण्डे, कौशिला खनाल कर्मचार्य लगायतको भूमिका छ। त्यसैगरि, भारतबाट अनुराधा मजुमदार र अमेरिकाबाट हलिउड अभिनेता ब्रुस डर्नको समेत अभिनय रहेको छ।

पूजा र ऋचाले यसै फिल्ममार्फत अभिनयमा कमब्याक गरेका हुन्।

सुटिङ सकिएसँगै निर्माणटिमले केही तस्विरहरु सार्वजनिक गरेको छ। यस फिल्ममा दयाहाङ राई अमेरिकी सेनाको चरित्रमा देखिन लागेका छन्। ब्रुस डर्न र अनुराधासँगै रहेका उनी अमेरिकी सेनाको युनिफर्ममा देखिएका छन्।

विगत पाँच वर्ष देखिको निरन्तर प्रयासपछि हलिउडकै अन्तराष्ट्रीय मान्यता र  मापदण्डमा रहेर यो फिल्म बनाएको निर्देशक पौडेलले बताए। 

‘यो नेपालको लागी पहिलो  यूनियन (स्याग) चलचित्र हुनेछ्। यसमा ब्रुस डर्न मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिक हरु पनि जोडिएका छन्, जसले गर्दा यस चलचित्रको प्रविधिक पक्ष अत्यत्यै सबल रहेको र  कथा पनि विश्वले आत्मसात गर्ने भएकोले यो चलचित्र मार्फत हामी विश्वबजारमा आफ्नो पहुंच बनाउने कुरामा विश्वस्त छौं जुन सम्पूण नेपाल र नेपालीको गर्वको कुरा  हो’, लेखक, निर्दैशक पौडेल बताउँछन्।

यस फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवनयात्राको कथा समेटेको छ। पौडेलकै कथा रहेको फिल्ममा अविरल थापा, राजेन्द्र ठकुराठी र अमिताभ जोशी निर्माता हुन्।

म्याड मंकी फिल्मस्ले निर्माण गरेको यस चलचित्रमा हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपाल बाट अवेकन प्रोडक्सन जस्ता कम्पनीले सहकार्य छ। सन् २०२४ कफ अन्त्यसम्म विश्वभर फिल्म प्रदर्शन गर्ने निर्माणटिमको योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .