हारेको छैन मैले कहिले जीवनमा
जति सम्झी तँ मेरो हार भो
म दिन्छु तँलाई उपहार भो
फिल्मको भाव बुझाउने रेखा थापाको फिल्म ‘उपहार’ को शीर्ष गीत सार्वजनिक भएको छ।
प्रमोद ढुंगानाको शब्द रहेको ‘हारेको छैन’ बोलको गीत निकै मर्मस्पर्शी छ।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा रविन भुसालको स्वर सुन्न सकिन्छ। यस गीतको भिडिओमा फिल्मका मुख्य कलाकार रेखासहित मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, शुष्मा कार्की फिचर्ड छन्।
भिडिओमा रेखा र मुकुनको जीवनको पीडा र बेदनालाई पोखिएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा प्रस्तुतकर्ता छिन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन्।
यो फिल्म आगामी फागुन २५ गतेबाट रिलिज हुँदैछ।
42
Shares
प्रतिक्रिया