ad ad

कला


रहिनन् भारतीय अभिनेत्री पुनम पाण्डे

रहिनन् भारतीय अभिनेत्री पुनम पाण्डे

नेपालखबर
माघ १९, २०८० शुक्रबार १३:३१, काठमाडौँ

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ।

बिहीबार राति पाण्डले ३२ वर्षको उमेरमा अन्तिम श्वास लिइन्। शुक्रबार बिहान पुनमकै सामाजिक सञ्जालबाट उनको मृत्युको खबर बाहिरिएको हो।

उक्त पोस्टमा पाठेघरको क्यान्सरका कारण पुनमको मृत्यु भएको उल्लेख गरिएको छ।

'आज बिहानी हाम्रा लागि कठिन छ। पाठेघरको क्यान्सरका कारण हामीले प्यारी पुनमलाई गुमाएको खबर जानकारी गराउँदा अत्यन्त दु:ख लागेको छ।'

पुनमकी म्यानेजर पारुल चावलाले पनि उनको मृत्युभएको पृष्टि गरिन्। 

सन् १९९१ मा भारतको कानपुरमा जन्मिएकी पाण्डेले सन् २०१३ मा फिल्म 'नशा' बाट बलिउडमा डेब्यु गरेकी थिइन्।

टेलिभिजन शो 'खतरोँ के खिलाडी' र कंगना रनौतको 'लकअप' मा देखिएकी उनले पछिल्लोपटक फिल्म 'द जर्नी अफ कर्मा' पनि खेलेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .