ad ad

कला


एलिना चौहानको गीत ‘कट्टा हान्दिन्छु’ लाई चोरी आरोप

एलिना चौहानको गीत ‘कट्टा हान्दिन्छु’ लाई चोरी आरोप

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८० सोमबार १२:५१, काठमाडौँ

यतिखेर एलिना चौहानको गाएको गीत 'कट्टा हान्दिन्छु' चर्चामा छ। चर्चाबीच यस गीतमाथि चोरीको आरोप लागेको छ। गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत 'कट्टा हानिदिन्छु' बाट हुबहु चोरिएको बताएका हुन्। 

आफूले उक्त गीत झण्डै एकवर्षअघि रेकर्ड गराएर अडिओको रुपमा सार्वजनिक गरेको खुलासा गरे।

'मैले यो गीत एकवर्षअघि नै रेकर्ड गराएको थिए। अडियो पहिल्यै आएपनि भिडियो बनाउन ढिलो भएको हो। तर, भिडियो ढिलो आयो भन्दैमा यसरी चोर्न मिल्दैन। गीतको शब्ददेखि लय पनि एउटै छ,' उनले भने। 

तर, कार्कीले गीतको भिडिओ युट्युबमा केहीअगाडि मात्रै सार्वजनिक गरेका हुन्। भिओका हिसाबले यो गीत एलिनाभन्दा पछि आएको देखिन्छ। जसकारण आफूलाई उल्टै आफूलाई गीत चोरेको भन्दै कमेन्ट आइरहेको उनी सुनाउँछन्। 

भन्छन् 'युट्युबमा मेरो गीतको भिडियो ढिलो आयो त्यो म मान्छु। तर, अहिले म माथि नै पो चोरीको आरोप लागिरहेको छ। युट्युवभरि गीत चोरेको भन्दै कमेन्ट आइरहेको छ।'

उनले यो विषय समाधान नभएको खण्डमा कानुनी दायरामा समेत जाने सुनाए। 

एलिनाको स्वर रहेको 'कट्टा हान्दिन्छु' गीतको भिडिओ ओबी रायमाझी युट्युब अकाउन्टमार्फत सार्वजनिक भएको हो। यस गीतमा रायमाझी मोडलसमेत हुन्।

त्यस गीतसँग संयोगले मिलेपनि आफूरहरुले गीत नचोरेको रायमाझी सुनाउँछन्।

भन्छन्, 'केही शब्द मिलेको होला। तर, गीत चोरेको भन्न मिल्दैन। त्यो गीत र हाम्रो गीतको प्याटननै फरक छ। नेत्र अर्याल हिट गीत दिइसकेका गीतकार हुन्। उहाँलाई अरुको गीत चोर्नुपर्ने आवश्यकता नै छैन। त्यहीपनि उहाँले यो गीत तीन/चार वर्षअघि नै लेख्नुभएको थियो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .