ad ad

कला


मलिका महत अभिनित 'सतीदेवी'  उत्कृष्ट फिल्म घोषित

मलिका महत अभिनित 'सतीदेवी'  उत्कृष्ट फिल्म घोषित

नेपालखबर
माघ २३, २०८० मंगलबार १६:४३, काठमाडौँ

लक्ष्मण सुवेदी निर्देशित फिल्म 'सतीदेवी' ले 'सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव' मा सर्वोत्कृष्ट चलचित्रको उपाधि जितेको छ।

क्याराभान नेपालको आयोजनामा सौराहामा भएको महोत्सवमा 'सतीदेवी' उत्कृष्ट फिल्म घोषित भएको हो। 

फिल्म 'सतीदेवी' मा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छिन्। 

माघ १८ देखि २२ गतेसम्म भएको फेस्टिभलमा सतीदेवीले उत्कृष्ट उपाधिसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार समेत जितेको छ।

यसै फिल्मबाट निर्देशक सुवेदीले वरिष्ठ निर्देशक स्व. शिव रेग्मीको नाममा समर्पित 'शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशक' को अवार्ड पनि हात पारे।

सुवेदीलाई स्व. निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा अभिषेक रेग्मीले सो अवार्ड प्रदान गरेका थिए।

त्यस्तै महोत्सवमा सर्वोत्कृष्ट बृत्तचित्र अवार्ड डा. सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ‘म अलप हुन चाहन्छु’ ले प्राप्त गरेको छ। यस डकुमेन्ट्रीले उपाधिसँगै नगद २५ हजार पुरस्कार पाएको छ। 

त्यस्तै  लघु चलचिको अवार्ड प्रदीप पोखरेल निर्देशित ‘स्नो लियो पार्ड’ जित्दा सर्वोत्कृष्ट सम्पादक ‘नांगो गाउँ’बाट बनिशा शाहले हात पारेका छन्। 

उत्कृष्ट सिनेमाटोग्राफरको उपाधि ‘बिच्छेद’बाट संकल भुजेलले प्राप्त गरेका छन। यसै चलचित्रबाट सर्वोत्कृष्ट चलचित्र लेखनको उपाधि सत्यराज चौलागाई र मुकुन भुसालले प्राप्त गरेका छन। ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठद्धारा निर्देशित गीति चलचित्र ‘भाग्य’ले प्राप्त गरेको छ। 

महोसत्सवमा दक्षिण एसिायली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .