ad ad

कला


६० करोड डलरमा बिक्यो माइकल ज्याक्सनका गीतसङ्गीतको आधा हिस्सा

६० करोड डलरमा बिक्यो माइकल ज्याक्सनका गीतसङ्गीतको आधा हिस्सा

नेपालखबर
माघ २७, २०८० शनिबार २०:३१,

माइकल ज्याक्सनका आधाजति गीत करिब ६० करोड डलरमा बिक्री भएको छ। सोनी म्युजिक ग्रुपले ती गीत किनेको बताइएको छ।

यसको अर्थ ज्याक्सनको सांगीतिक सम्पत्ति १.२ अर्ब डलरभन्दा ज्यादा हुने देखिएको छ।

एकल संगीतकर्मीको रचना यति ठूलो मूल्यमा बिक्री भएको यो पहिलो पटक हो।

२००९ मा ५० वर्षको उमेरमा बितेका ज्याक्सन विश्वका सबैभन्दा सफल संगीतकर्मीमध्ये एक हुन्। उनका ४० करोडभन्दा ज्यादा रेकर्ड बिक्री भएका थिए।

उनको १९८२ को एल्बम थ्रिलर अझै पनि सबैभन्दा बढी बिक्री हुने रेकर्डका रुपमा गिनिज वर्ल्ड रेकर्डमा कायम छ।

उनका गीत अझै पनि स्पटिफाइमा मासिक ४ करोड पटक सुनिन्छन्। उनको बायोपिक आउने तयारी छ। जसमा उनका भान्जाले उनको भूमिका निर्वाह गर्दैछन्। यसले पनि उनको गीतप्रतिको चासो बढाउनेछ।

संगीतकर्मीहरुको संगीत बिक्री उनीहरुका लागि निकै फाइदाजनक हुने गरेको छ। यस्तै खालको सम्झौतामा ब्रुस स्प्रिङ्स्टनले ५० करोड र बब डिलनले ४५ करोड डलर कमाएको बताइन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .