आगामी दसैँमा पाँचवटा नेपाली फिल्म जुध्ने भएका छन्।
२०८० साल नसकिँदै दसैँका छेको पारेर पाँचवटा नेपाली फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन्।
जुनमा निश्चल बस्नेतको 'बेहुली फ्रम मेघौली'देखि दीपकराज गिरीको 'छक्का पञ्जा ४', सन्तोष सेनको 'बलिदान', नीता ढुंगानाको ‘ह्रस्वदीर्घ’ र दिनेश राउतको 'गाउँ नै रमाइलो' रहेका छन्।
यी पाँच फिल्ममध्ये ‘ह्रस्वदीर्घ’ को मात्रै छायाङ्कन सकिएको छ। अन्य फिल्मको भने सुटिङको काम बाँकी नै छ। यसरी दसैँलाई लक्ष्य गरेर रिलिज मिति तोक्दा बक्स अफिसमा महाभिडन्त हुने निश्चित छ।
हुन त चाडपर्व र विदाका दिनमा फिल्म जुधाउनु नेपाली निर्माताको पुरानै रोग हो। दसैँको मिति छोप्न निर्माताहरुलाई छायाङ्कनअगावै रिलिजको मिति तोक्न हतार गर्छन्।
तर, दसैँ भन्दैमा फिल्मले दर्शकको साथ पाउलान् त? त्यो भने समयले नै बताउला।
114
Shares
प्रतिक्रिया