ad ad

कला


स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिबलको क्वार्टरफाइनलमा नेपालको ‘अ डिस्ट्र्याक्सन’

स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिबलको क्वार्टरफाइनलमा नेपालको ‘अ डिस्ट्र्याक्सन’

नेपालखबर
फागुन ४, २०८० शुक्रबार १४:४३, काठमाडौँ

छोटो नेपाली सिनेमा ‘अ डिस्ट्र्याक्सन’ वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिवलको क्वाटरफाइनलमा पुगेको छ। 

९ मिनेट ४५ सेकेन्ड लामो यो सिनेमालाई प्रमोद त्रिमूलले निर्देशन गरेका हुन् भने ओम राज राउतले लेखेका हुन्।

सिनेमाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकोमा लेखक राउतले उत्साह व्यक्त गरेका छन्। 

‘वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिबलमा परिचित हुनु साँच्चै नै राम्रो कुरा हो। हामीलाई आशा छ सिनेमाले दर्शकको प्रविधिसँग सम्बन्ध र त्यसले व्यक्तिगत स्थितिमा पार्ने प्रभावलाई प्रतिबिम्बित गर्नेछ’, राउतले भने।

सिनेमालाई सन् २०२२ को कान फिल्म फेस्टिबलमा छनौट भएको ‘ला खाउरिया’ र कान क्रिटिक्स विकमा ४ वटा पुरस्कार जितेका जुहान कामिलो मोरेनोले खिचेका छन्।

यस्तै बबी लाहोत यसका साउन्ड डिजाइनर हुन्। स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिबलले सकारात्मक परिवर्तन ल्याउने र आपसी महत्वपूर्ण संवादको पक्षपोषण गर्ने सिनेमालाई स्थान दिने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .