ad ad

खेल


पोखरा म्याराथनका लागि तुलसीकुमारले हस्तान्तरण गरे ५ लाख रुपैयाँ

पोखरा म्याराथनका लागि तुलसीकुमारले हस्तान्तरण गरे ५ लाख रुपैयाँ

नेपालखबर
फागुन ४, २०८० शुक्रबार १४:४८, काठमाडौँ

वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष एवम् तेक्वान्दो ग्रान्ड मास्टर तुलसीकुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि ५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। 

१८ औँ सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत प्रथम पुरस्कारका लागि उनले रकम हस्तान्तरण गरेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए। 

नेपाल भूतपूर्व खेलाडी मञ्चका आजीवन सदस्य गुरुङले आफ्नो परिवारकोतर्फबाट २ लाख र हङकङस्थित नेपालीबाट संकलित नगद ३ लाखसहित ५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्। 

त्यही अवसरमा सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ र प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहकार सुनिल गुरुङलेसमेत जनही ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। 

सहयोग रकम हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष गुरुङले आयोजकले अब सम्पूर्ण ध्यान पोखरा म्याराथन सफल बनाउन केन्द्रित गर्नुपर्ने बताए।

नेपाललाई खेलकुदको माध्यमबाट ‘फिट’ राख्नुपर्ने बताउँदै तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक गुरुङले आफूले त्यही उद्देश्यअनुरुप पोखरामा फिट नेपाल परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

हङकङबाट २६ जनाले पोखरा म्याराथनलाई सहयोग गरेको अन्तर्राष्ट्रिय सम्पर्क संयोजक तेज बहादुर गुरुङले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .