ad ad

कला


प्रदर्शनको तयारीमा रहेको ‘उपहार’का निर्देशक देउजाले भेटे प्रधानमन्त्रीलाई

प्रदर्शनको तयारीमा रहेको ‘उपहार’का निर्देशक देउजाले भेटे प्रधानमन्त्रीलाई

नेपालखबर
फागुन १५, २०८० मंगलबार १७:५९, काठमाडौँ

फागुन २५ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘उपहार’का निर्देशक ज्ञानेन्द्र देउजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गर्दै उनले चलचित्रबारे गहन छलफल भएको निर्देशक देउजाले बताए।

प्रधानमन्त्रीसँगको तस्बिर सेयर गर्दै देउजाले लेखेका छन्, ‘चलचित्र कर्ममा निरन्तर लागि रहनुको बिशेष उपलब्धी आजको दिनलाई म विशेष दिन मान्दछु।’ 

फागुन २५ गते प्रर्दशनमा आउने ‘उपहार’को प्रचार (प्रमोशन) तीव्र बनाइएको छ। फिल्मको ट्रेलर तथा केही गित सार्वजनिक भइसकेका छन्। ट्रेलर र गीतले राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ। 

फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायत अभिनय छ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन्।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायाँकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ।

फिल्मको वितरण उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्दैछ। फिल्मको विदेशमा उच्च रहेको निर्देशक देउजा बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .