नेपालमा सर्वाधिक भ्युज पाउने गीतमा चलचित्रकै गीत पर्छ। फिल्म ‘२ रुपैयाँ’ मा समावेश ‘कुटुमा कुटु’ गीतलाई २० करोडबढी भ्युज मिलिसकेको छ। साथै अन्य फिल्मका गीतहरु पनि युट्युवमा हिट छन्।
तर, पछिल्लो समय युट्युवमा चलचित्रका गीतहरुमा खासै भ्युज मिलेको छैन। सार्वजनिक भएका गीतहरुलाई १० लाख भ्युज कटाउन पनि मुस्किल परिरहेको छ।
बाबुल गिरी र एलिना चौहान स्वरबद्ध ‘वाह! वाह!! वाह!’ बोलको गीत चारमहिनाअघि सार्वजनिक गरिएको थियो। जुन गीतलाई युट्युवमा ६२ लाख पटक हेरिएको छ।
त्यसपछिका गीतहरु ‘मुटुको चार आना’ ले १६ लाख र टाइटल गीत ‘हारेको छैन’ ले हालसम्म ५ लाख ८३ हजार भ्युज मात्रै पाउन सकेको छ। ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्म फागुन २५ गतेबाट रिलिज हुँदैन।
उपहार मात्रै होइन् फागुन २५ गतेबाटै प्रदर्शन हुने रंगेलीका गीतहरुको अवस्था पनि त्यस्तै। शुक्रबार साँझ रंगेलीमा समावेश ‘घामले तारा’ गीत युट्युवमा आयो। तर, यस गीतलाई पनि जम्मा १ लाख ४८ हजार पटक हेरिएको छ। त्यस्तै, रंगेलीकै अर्को गीत ‘हातले उघाएर’ ले ६ लाख ९९ हजार भ्युज पाउँदा ‘दुल्हा दुल्हन’ पनि खासै चलेन। यो गीत १ लाख १६ हजार मात्रै भ्युज पाएको छ।
चैत ९ गतेबाट रिलिज हुने ‘महाजात्रा’को ‘हाम्रो जोडी’ बोलको गीतलाई पनि युट्युवमा १८ लाख भ्युज मात्रै आएको छ।
त्यस्तै, दयाहाङ राई र आँचल शर्मा स्टारर ‘डिग्री माइला, एमए थर्ड क्लास’ को गीतमा पनि भ्युजको खडेरी छ। १० दिनअघि रिलिज यस गीतलाई जम्मा ६ लाख ४० लाख भ्युज मिलेको छ।
तर, यस्तोमा नविन चौहानको निर्देशनमा बन्ने ‘ऊनको स्वीटर’को टाइटल गीतले भने राम्रै भ्युज पाएको छ। दुई साताअघि सुजन चापागाईंको स्वरबद्ध ‘फूल’ बोलको गीतलाई २५ लाख पटक हेरिएको छ। दर्शकमाझ चर्चित यो गीत युट्युवको ट्रेन्टिङको म्युजिकतर्फ शीर्ष स्थानमा छ।
यसरी युट्युवमा खासै भ्युज नआउँदा पछिल्ला फिल्मका गीतका स्तर घटेका हुन् भन्ने प्रश्न समेत खडा हुन्छ। यसतर्फ पनि चलचित्रकर्मीहरुले ध्यान दिने की!
Shares
प्रतिक्रिया