नेकपा (एकीकृत समाजवादी) पार्टी दैलेखका नेता तथा कार्यकर्ताहरू एमालेमा फर्किएका छन्। आइतबार एमाले जिल्ला कमिटी दैलेखले आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा एकीकृत समाजवादीका पालिकादेखि केन्द्रीयस्तरका नेता–कार्यकर्ता समायोजन भएका छन्।
समायोजन हुनेमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पार्वती विशुन्के र बरुनाथ योगीलगायत रहेका छन्।
दैलेखको दुल्लुमा भएको समायोजन कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका हुन्।
एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार केसर सिंह माझी, प्रदेश कमिटी सदस्य भुपेन्द्रबहादुर शाही, बालकृष्ण केसी, गोकर्ण माझी, आत्मराम उपाध्याय, खजुरी सुजी, जिल्ला कमिटी दैलेखका उपाध्यक्ष निरक शाही र जिल्ला कमिटी सचिवालय सदस्य कमल रिजाल एमालेमै फर्किएका छन्।
यस्तै, पार्टीका विभिन्न जनवर्गीय संगठन, पालिका कमिटी अध्ध्यक्ष तथा सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु पनि एमालेमा समायोजन भएको एमालेले जनाएको छ।
Shares
प्रतिक्रिया