प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरमा बेरोजगारीदेखि कालो धनको विषयवस्तुलाई उठान गरिएको छ।
कालो धन लुकाउन नेताहरुले बेरोजगार युवाहरूलाई कसरी प्रयोग गर्छन् भन्ने कुरा ट्रेलरमा समेटिएको छ। कमेडी संवादहरुले ट्रेलरलाई रोचक बनाएको छ।
यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, हरिवंश आचार्य, शिशिर बाङ्देल, दिव्य देव, रविन्द्र झा, राजाराम पौडेल लगायतको अभिनय छ।
प्रदीपकै लेखन रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको यो फिल्म फिल्म आगामी चैत ९ गतेबाट प्रदर्शन हुनेछ।
78
Shares
प्रतिक्रिया