ad ad

कला


पूजा शर्मा भन्छिन्- कलाकार भएपछि जुनसुकै चरित्र निर्वाह गर्नुपर्छ

पूजा शर्मा भन्छिन्- कलाकार भएपछि जुनसुकै चरित्र निर्वाह गर्नुपर्छ

नेपालखबर
फागुन २१, २०८० सोमबार १३:४७, काठमाडौँ

रेखा थापाको फिल्म ‘उपहार’ आउँदो शुक्रबारबाट रिलिज हुँदै छ। यस फिल्ममा अभिनेत्री पूजा शर्माको अभिनय रहेको छ। दर्शकहरुले अहिलेसम्म नदेखेको चरित्र उपहारमा देख्ने सुनाउँछिन् पूजा। 

भन्छिन्, ‘फिल्ममा म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु। काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा रहेछन् भन्ने चरित्र मैले निभाएकी छु । भन्नाले उसले गलत बाटो पनि अपनाउँछ। अहिलेका टिनएजमा भइरहेको घटनालाई ममार्फत देखाएको छु।’

अहिलेको समयमा विशेषत युवापुस्ताको ध्यान नै कसरी पैसा कमाउने भन्नेमा केन्द्रित रहेको उनले बताइन्।

‘उपहारमा पूजाले पनि जस्तो सुकै काम गरेर भए पनि पैसा कमाउनुपर्यो भन्ने सोच राख्छे। तर उसमा आफूले गलत काम गरिरहेको छु र गलत काम गर्नुहुँदैन भन्ने सोच पनि हुन्छ’, आफ्नो फिल्मी चरित्रबारे पूजाले भनिन्।

पूजाका अनुसार धेरै अभिनेत्रीलाई ‘पूजा’ चरित्र निभाउन प्रस्ताव गरिएको थियो। तर अधिकांशले त्यो चरित्र निर्वाह गर्न चाहेनन्। अन्ततः त्यो चरित्र निभाउने जिम्मा पूजाकै काँधमा आयो।

‘अन्तिममा बेनिशालाई यो कथा सुनाउँदा उसले ‘दिदी यो कथा मलाई सुहाउँदैन’ भनेपछि मैले यो चरित्र निभाएँ। खासमा बेनिशाको क्यारेक्टर मैले गर्न लागेको थिएँ। तर बेनिशाले ‘पूजा’को चरित्र नगर्ने भएपछि अन्ततः मैले नै निभाएँ’, पूजाले भनिन् ।

पूजाका अनुसार धेरै कलाकारहरु फिल्ममा अभिनय गर्दा आफूलाई नकारात्मक भूमिकामा देखिन चाहँदैनन्। तर, कलाकार भइसकेपछि जस्तोसुकै चरित्र निभाउनुपर्ने उनको तर्क छ।  

‘एउटा कलाकार भएपछि जुनसुकै चरित्र निभाउनुपर्छ। यो मेरो लागि नयाँ चिज हो भन्ने मलाई भयो। मैले चरित्रमा जोखिम नै मोलेको हो। तर मेरो अपोजिटमा शिशिर राणा हुनुहुन्छ भन्ने थाहा पाएपछि मलाई यो चरित्र निभाउन सहज भयो। किनकी उहाँ मेरा लागि अभिभावक हो र पहिलादेखि पनि सहकार्य गरेकाले सहज भयो’, उनले भने। 

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता हुन्। सुलक्षण भारतीको कथा रहेको यस फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .