राजधानीको एउटा जेलबाट ४ हजार कैदी भागेपछि हाइटीको सरकारले ७२ घण्टाका लागि संकटकाल घोषणा गरेको छ।
आइतबार सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्सको जेलमा आक्रमण गरेको थियो। जसमा १२ जनाको ज्यान गएको बताइएको छ।
सो गिरोहका नाइकेहरुले प्रधानमन्त्री एरियल हेनरीको राजीनामा मागेका छन्।
हाइटीमा हिंसात्मक गिरोहहरुबीचको झडपमा २०२० यता हजारौँको ज्यान गइसकेको छ।
यसै सप्ताहन्तमा दुई जेलमा आक्रमण भएको सरकारको भनाइ छ।
जेलबाट भागेकाहरुमा २०२१ मा राष्ट्रपति जुभिनेल मोइजको हत्याका आरोपितहरु पनि छन्।
बिहीबार प्रधानमन्त्री हेनरी केन्या भ्रमण गएपछि पछिल्लो हिंसा सुरु भएको हो। उनले केन्याको नेतृत्वमा सैन्य समूह हाइटीमा खटाउने विषयमा छलफल गर्दैछन्। एजेन्सी
99
Shares
प्रतिक्रिया