मिस वर्ल्डको ७१औँ संस्करण भारतमा चलिरहेको छ। जहाँ मिस वर्ल्डको महत्त्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को शीर्ष १० मा नेपालबाट प्रियंकारानी जोशी परेकी छिन्।
मिस वर्ल्डले अफिसियल फेसबुकमार्फत टप १० को नाम सार्वजनिक गरेको छ। जसमा नेपालसहित ब्राजिल, चेक रिपब्लिक, बोत्स्वाना, इण्डोनेसिया, तान्जानिया, ट्रिनिडाड एन्ड टोबागो, युगान्डा, टर्की र युक्रेन समेत छनोटमा परेका छन्।
प्रियंका यसअघि हेड टु हेड च्यालेन्जको उत्कृष्ट २५ मा छनोट भएकी थिइन्। आउँदो शनिबार मुम्बईमा मिस वर्ल्डको फिनाले हुँदै छ। जहाँ सबै विधाका विजेताहरु घोषणा गरिनेछ।
मिस नेपाल वर्ल्ड २०२२ की प्रियंकाले ब्युटी विथ पर्पस को लागि चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित अपरदाङगढीमा केन्द्रीय विद्युत प्रसारणलाइन पुर्याउन पहल गरेकी थिइन्।
291
Shares
प्रतिक्रिया