ad ad

कला


दयाहाङको ‘रंगेली’ लाई रंगेलीका मेयरले गरे प्रशंसा

दयाहाङको ‘रंगेली’ लाई रंगेलीका मेयरले गरे प्रशंसा

नेपालखबर
फागुन २२, २०८० मंगलबार १७:१८, काठमाडौँ

केही दिनअघि दयाहाङ राई स्टारर फिल्म ‘रंगेली’ ले सेन्सरको समस्या भोग्नुपर्‍यो।

छायाङ्कन भएको स्थानीय तहको सहमति पत्र खोज्दै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले सेन्सर रोक्यो। तर, चलचित्रकर्मीको चर्को आलोचनापछि आइतबार रंगेलीलाई पीजी सर्टिफिकेट दिँदै प्रदर्शनको अनुमति दिइएको थियो।

सेन्सर बोर्डले दुःख दिँदा फिल्म छायाङ्कन भएको मोरङस्थित रंगेली नगरपालिकाका मेयरले भने फिल्मले नगरको पर्यटन प्रवर्द्धन गर्ने भन्दै प्रशंसा गरेका छन्।

मेयर दिलीपकुमार अग्रवाल (बगडिया)ले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै आफ्नो नगरपालिकाको नाममा फिल्म बनेको भन्दै खुसी व्यक्त गरेका छन्।

भिडिओमा शुभकामना दिँदै उनले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण तथा प्रचुर सम्भावना रहेको नेपाली चलचित्र ‘रङ्गेली’को भव्य सफलताको कामना गरेका छन्। साथै चलचित्र मार्फत रङ्गेलीलाई चिनाउने काम गरेकोमा निर्माण टिमलाई धन्यवाद दिएका छन्।

अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङसहित मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ। यो फिल्म फागुन २५ गतेबाट रिलिज हुँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .