९६ औँ अस्कर अवार्ड समारोहमा हलिउड अभिनेत्री एम्मा स्टोन सर्वोत्कृष्ट घोषित भएकी छन्। 'पुअर थिंग्स' बाट उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।
मञ्चबाट जब एम्मा स्टोनको नाम घोषणा गरियो, उनी निकै भावुक बनेकी थिइन्। उनका आँखा आँसुले भरिए।
तर, त्यसै क्रममा लुगा च्यातिँदा एम्मा 'वर्डरोब मालफंक्सन' को सिकार भइन्। त्यसपछि उनले स्टेजमा आएर आफ्नो च्यातेको लुगा देखाइन्।
मञ्चमा अवार्ड पाएपछि एलिनाले 'पुअर थिंग्स' टिमलाई धन्यवाद दिएकी थिइन्।
भाषण सुरु गर्नुअघि एम्माले आफ्नो च्यातिएको लुगा देखाउँदै आत्मविश्वासका साथ भनिन्, 'ओहो! मेरो लुगा च्यातियो'
एम्माले रायन गोस्लिङका कारण लुगा च्यातिएको भनेर टिप्पणी गरिन्। रायनको प्रस्तुतिकै कारण यस्तो भएको उनको भनाइ थियो।
खासमा अस्कर स्टेजमा रायनले उत्कृष्ट प्रस्तुति दिएका थिए, एम्माले पनि नृत्य गरेकी थिइन्। यसै क्रममा उनको लुगा पछाडिबाट च्यातिएको उनको बुझाइ छ।
२० वर्षदेखि अभिनय क्षेत्रमा सक्रिय एम्माको अस्करमा यो चौथो अवार्ड हो।
१० वर्षअघि उनले 'बर्डम्यान' बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। साथै उनले 'ला ला लैन्ड' र 'द फेवरेड' बाट पनि सहायक अभिनेत्रीको अवार्ड जितेकी थिइन्।
Shares
प्रतिक्रिया