कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ। ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’,‘पँखेटा’लगायत इन्डिपेन्डेन्ट फिल्महरूको स्ट्रिमीङ्ग गरिसकेको छ।
यसैबीच, कान्तिपुरबाट आजबाट अर्को इन्डी फिल्म ‘नेपाली फिक्सन’ को स्ट्रिमिङ सुरु गरिएको छ।
गत फागुन २ गते काठमाडौँस्थित विश्व ज्योति हलमा यस फिल्मको प्रिमियर गरिएको थियो।
प्रिमियरमा ‘नेपाली फिक्सन’ले उत्कृष्ट प्रतिक्रिया पाएको थियो। फिल्ममा एक ग्याङ्गस्टारको घरमा लागुऔषधको समान पुर्याउन गएका दुई चोरबिच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाव र लालचबाट निम्तिने अन्तरद्वन्द्वलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।
सन् २०२२ मा निर्माण गरिएको फिल्मलाई देवेन्द्र खत्रीले निर्देशन गरेका हुन्। खत्री कान्तिपुर फिल्म एकेडेमीका फिल्म विद्यार्थी हुन्। थुप्रै सर्ट फिल्महरू बनाएका उनी नेपाली सिरिज ‘ब्रह्माण्ड’, प्रदर्शनरत फिल्म ‘अगस्त्य’ र हाल छायांकनरत फिल्म ‘मेयर’का सहायक निर्देशक हुन्।
पाँच पात्र वरपर घुम्ने ‘नेपाली फिक्सन’मा पछिल्लो समयका उम्दा उदयमान फिल्म स्कुल तथा थिएटरका कलाकारहरू सन्जोग रसाइली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा र रुपेश दाहालले अभिनय छ। यस फिल्मलाई संसारभरबाट कान्तिपुर सिनेमाजको वेभसाइट लगइन गरेर वा मोबाइलमा एप डाउनलोड गरेर पनि हेर्न सकिनेछ।
Shares
प्रतिक्रिया