प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ ऊर्जाका साथ काम गर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकबाट १५७ जना सांसदको समर्थन पाएलगत्तै उनले यस्तो बताएका हुन्।
१५ महिनामा तेस्रो पटक विश्वासको मत लिएका उनले समृद्धि र विकासको मार्गचित्रमा आफ्नो समय खर्चिने बताए।
‘विश्वासको मत दिनुहुने सत्ता सहयात्री दल लगायत सम्पूर्ण राजनीतिक दलमा आवद्ध र स्वतन्त्र रूपमा क्रियाशील माननीय सांसदज्यूहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु’, उनले भनेका छन्, ‘तपाईंहरूबाट प्राप्त यो विश्वास संसद्मा विश्वासको मत लिनुपूर्व वाचा गरेअनुरूप नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्णरूप खर्चिने प्रतिबद्धता व्यक्त गर्दछु।’
प्रचण्डलाई बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए।
त्यस्तै स्वतन्त्र सांसदहरू डा. अमरेश सिंह र योगेन्द्र मण्डलको मत पनि उनले लिन सफल भए।
Shares
प्रतिक्रिया