बलिउड अभिनेत्री आलिया भट्टले ईशा अम्बानी आफ्नो निकै मिल्ने साथी रहेको बताएकी छिन्।
एक अन्तर्वार्तामा आलियाले ईशा अम्बानीसँगको आफ्नो मित्रताको बारेमा खुलेर कुरा गरेकी छिन्। ईशा मुकेश अम्बानीकी छोरी हुन्।
फोर्ब्ससँगको अन्तर्वार्तामा आलियाले भनिन्, ‘ईशा अम्बानी र म धेरै मिल्ने साथी हौँ। विशेष कुरा के हो भने हामी दुवैले एकै समयमा सन्तानलाई जन्म दिएका छौँ। मेरी छोरी ईशाको जुम्ल्याहा बच्चाको जन्ममा करिब एक हप्ताको मात्र अन्तर छ। त्यसैले यो पनि भन्न सकिन्छ कि यो संयोग नै हो भने पनि हामी दुवै एकै समयमा आमा बन्यौँ।’
मातृत्व अनुभव सुनाउँदै आलियाले आमा बनेर मेरो सबै कुरा राम्रो भएको समेत बताइन्।
मित्रता बाहेक ईशा अम्बानी र आलिया भट्टबीच व्यापारिक सम्बन्ध पनि छ। किनकि आलिया र ईशा अम्बानी बिजनेस पार्टनर हुन्।
गत वर्ष आलियाले एक कपडा ब्रान्ड एड-ए-मामा सुरु गरेकी थिइन्। यसमा ईशा अम्बानीको पनि ५१ प्रतिशत सेयर छ। यसपछि आलिया र ईशाको मित्रता झनै गहिरो भयो।
‘हामीले रिलायन्ससँग साझेदारी पाएकोमा हामी धेरै खुसी छौँ’, आलियाले भनिन्।
आलियाले १८ अप्रिल सन् २०२२ मा अभिनेता रणवीर कपुरसँग बिहे गरेकी थिइन्। छिट्टै आलिया आगामी फिल्म 'जिगरा' मा देखिनेछिन्।
Shares
प्रतिक्रिया