दिवंगत बालसाहित्यकार शान्तदास मानन्धरलाई समर्पित गर्दैँ नयाँ बालगीत सार्वजनिक गरिएको छ। ‘शान्तदास’ नामक बालगीतमा शान्सदासका जीवनीको सारलाई व्यक्त गरिएको छ।
रामबाबु सुवेदीले लेखेको बालगीतमा शान्तदासले बालसाहित्यमा पुर्याएको योगदानको कदर र सम्मानभाव प्रस्तुत गरिएको छ। सुविन सेन्चुरीको संगीत रहेको गीतमा सुप्रिम मल्लको स्वर रहेको छ। साथै कोरसमा अन्य बालकलाकारले पनि साथ दिएका छन्।
गीतमा कथानक अभिव्यक्ति र भावनृत्य शैलीमा निर्माण गरिएको यस गीतमा राराहिल मेमोरियल स्कूल कीर्तिपुरका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका छन्।
राराहिल स्कुलमा आयोजित कार्यक्रममा भिडियो रिलिज गरिएको हो। कार्यक्रममा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले गीतको माध्यमबाट शान्तदासलाई सम्झन पाउनु एकदमै गर्व रहेको सुनाए।
गीतकार रामबाबु सुवेदीले शान्तदास मानन्धर सबैलाई बालसाहित्यमा डोर्याउने एक सवल पथप्रदर्शक र गुरु भएकाले यो गीत सम्मानरुवरुप रचिएको बताए।
बालसाहित्यमा बिगत ५० वर्षदेखि कलम चलाउदै आएका सुवेदीका आइताबार बिहानै, मेरो गाउँ ज्यामिरे, आमाजस्ती गुरुमा लगायत थुप्रै बालगीतहरु चर्चित छन्। र, जीवनको ७७ वर्षमा पनि बालसाहित्य र बालगीत लेखनमा सक्रिय छन्।
रामबाबु सुवेदी नामको युटुब च्यानलमार्फत ६० भन्दा बढी बालगीतका भिडिओ निर्माण गरेर उनले सार्वजनिक गरिसकेका छन्।
Shares
प्रतिक्रिया