नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित–आंशिक प्रभाव परिरहेको छ।
जसका कारण यतिबेला (शुक्रबार साँझ) देशका पहाडी भेगमा आंशिक बदली भएको छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
96
Shares
प्रतिक्रिया