समयले कसैलाई छाड्दैन। ज्याकी च्यान एक्सन स्टारलाई पनि।
अझै पनि सिनेमामा च्यान फूर्तिला देखिन्छन्। आफ्नो स्टन्ट आफैँ गर्ने अभिनेताको छवि उनले बनाएका छन्। त्यसैले प्रशंसकहरुको उनको तारिफ गर्छन्।
तर, हालै सार्वजनिक उनको एउटा तस्बिरले सामाजिक सञ्जालमा तरंग ल्याएको छ। तस्बिरमा ६९ वर्षीय च्यानको दारी र कपाल फुलेको देखिन्छ।
हालै सिचुवानको एक कार्यक्रममा उनको यो तस्बिर लिइएको बताइएको छ।
उनको यस्तो तस्बिर देखेर उनका प्रशंसक हैरान भएका छन्। उनीहरु थरीथरीका टिप्पणी गरेका छन्।
‘उसोभए अब रस आवर ४ नआउने भो?’ एक प्रशंसकले लेखेका छन्।
रस आवर फिल्म शृंखलाको चौथो फिल्म निर्माणको चरणमा रहेको बताइएको छ।
‘अब अंकलजस्ता देखिन थालेछन्,’ अर्काले लेखेका छन्। एजेन्सी
300
Shares
प्रतिक्रिया