प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार फेवाताल किनारमा आयोजित कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा कार्यक्रममा सहभागी भए।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी घोषणा कार्यक्रम आयोजना गरेका थिए।
त्यसक्रममा प्रधानमन्त्री प्रचण्ड, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य उपस्थित थिए।
त्यसक्रममा उपस्थित थिए चर्चित गायक प्रकाश सपूत। उनले गलबन्दी च्यातियो तिम्ले तानेर! बोलाउन खोजेको आफ्नै ठानेर!! बोलको गीत गाए।
— Nepalkhabar (@nepalkhabar) March 17, 2024प्रकाश सपुतको ‘गलबन्दी च्यातियो’मा नाचे प्रधानमन्त्रीसहित मुख्यमन्त्री पाण्डे र पोखराका मेयर pic.twitter.com/T6B8UWWG3C
लोक शैलीको उक्त गीत प्रकाश सपूतले गाएपछि मञ्चमा रहेका प्रचण्ड, मुख्यमन्त्री पाण्डेदेखि मेयर आचार्यसमेत उठेर नाच्न थाले।
चाख लाग्दो कुरा के भने उनीहरू नाचेको भिडिओ नेपालस्थित चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक्समार्फत् सार्वजनिक गरेका छन्।
पोखरामा उत्तरी छिमेकी चीनले विशेष चासो देखाउँदै आएको छ। उसकै लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि बनेको हो।
Dance with Pokhara. pic.twitter.com/NDXVX9UjGJ
— Ambassador Chen Song (@PRCAmbNepal) March 17, 2024
Shares
प्रतिक्रिया