निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का, बेनिशा हमाल र विजय लामा फाइनल भएका छन्।
साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा विजय लामाको पनि मुख्य भूमिका रहने कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए ।
चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्। गत वर्ष प्रदर्शन ‘अन्तिम संस्कार’ निर्देशन गरेका शाहीको चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन।
साई प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ।
चलचित्रका अन्य कलाकार र प्राविधिक पनि फाइनल हुने क्रममा रहेको निर्देशक शाहीले जानकारी दिए।
शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ मा पनि विजय लामा मुख्य भूमिकामा रहेका थिए।
लामासँगको यो दोश्रो पटक सहकार्यले अझै राम्रो प्रतिफल पाउनेमा टिम आशावादी छ।
Shares
प्रतिक्रिया