कमेडियन बिक्की अग्रवालको नयाँ शोमा अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी छिन्। उनको आगामी शो 'कमेडी दरबार' मा गौरी मल्ल जोडिएकी हुन्।
शोका निर्देशकद्वय बिक्कीसहित श्रद्धा प्रसाईंले मल्लसँग कागती सम्झौता गरेका हुन्। शोमा गौरीको के भूमिका हुनेबारे खुलाइएको छैन।
यसअघि अभिनेता विजय बरालसहित कमेडियन हिमेश पन्त, पवन खतिवडा, विकास अर्याल र सुन्दर खनाल अनुबन्ध भइसकेका छन्।
अन्य कलाकारहरूको भने फाइनल हुन बाँकी नै छ।
बिक्कीले पारिवारिक कमेडी शोलाई आइरहेकाभन्दा फरक तरिकाले ल्याउन समेत सुनाए। यतिखेर शोको सेट डिजाइनको काम चलिरहेको छ।
बिक्की कमेडी च्याम्पियन सिजन २ का फस्टरनरअप समेत हुन्। उनले यसअघि 'आम्मा कसम याँ दुख्छ' को होस्टसहित 'कमेडी क्लब विथ च्याम्पियन' निर्देशन गरेका थिए।
402
Shares
प्रतिक्रिया