ad ad

कला


बिगबोसको उपाधि सिद्धार्थ शुक्लालाई

बिगबोसको उपाधि सिद्धार्थ शुक्लालाई

नेपालखबर
फागुन ४, २०७६ आइतबार ९:१४,

भारतीय चर्चित रियालिटी सो बिगबोसको १३ औँ संस्करणको उपाधि टेलिभिजन अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन्। उनले यो उपाधिसँगै ५० लाख भारतीय रुपैयाँ नगदसमेत प्राप्त गरेका छन्।

आइतबार भएको अन्तिम स्पर्धामा उनले असिम रियाजलाई पछि पारेका हुन्। बिगबोसमा सेहबाज गिल सेकेण्ड रनरअप घोषित भए। सिद्धार्थ दिल से दिल तकका नायकको रुपमा बढी चिनिन्छन्। त्यसो त उनले हम्टी शर्माकी दुल्हनियाँबाट बलिउड फिल्ममा पनि प्रवेश गरिसकेका छन्।

सुपरस्टार सलमान खानले सञ्चालन गर्ने यो कार्यक्रम भारतीयहरुबीच असाध्यै लोकप्रिय रहँदै आएको छ। सलमानले लगातार दशौँपटक बिगबोसको होस्ट गरेका हुन्। (एजेन्सीहरु)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .