चर्चित गायक बद्री पंगेनी र गायिका चन्दा अर्यालको नयाँ नेपाली लोकगीत ‘पिरिम लगाम कान्छी’ सार्वजनिक भएको छ।
गीतमा शब्द र संगीत श्रीकृष्ण बम मल्लको छ। सुदीप सागरले एरेन्ज गरेको गीतमा गायक प्रदीप त्रिपाठी, श्रीकृष्ण बम मल्ल, बन्दना पाण्डे र अनु रोक्का मगरको कोरस छ।
बद्री पंगेनी युट्युब च्यानलमार्फत् यो गीत सार्वजनिक भएको हो। गीतको म्युजिक भिडिओमा एकजना युवाले युवतीलाई प्रेम प्रस्तावसहित अनुरोध गरेका शब्दहरू छन्।
अर्याल र पंगेनीले यसअघि ल्याएको ‘खान्न म त पिँडालु कोक्यायो’ बोलको गीत पनि चर्चित भएको थियो।
नयाँ गीतको म्युजिक भिडिओमा पल शाह, उषा उप्रेती र सामिया कार्कीले अभिनय गरेका छन्। भिडिओ काजिश श्रेष्ठको निर्देशन कोरियोग्राफीमा बनेको हो। जसको सम्पादन मनोज कार्कीले गरेका हुन्।
भिडिओ
246
Shares
प्रतिक्रिया