बलिउड अभिनेता शाहरुख खान ‘किङ’बाट पर्दामा कमब्याक गर्दै छन्।
भारतीय मिडियाहरुका अनुसार यो उनकै छोरी सुहाना खानको फिल्म हो। सन् २०२५ मा रिलिज हुने फिल्ममा शाहरुखका बाबुछोरीले पहिलोपटक सँगै काम गर्दै छन्।
यही फिल्मबाट उनकी छोरी सुहाना पनि फिल्म क्षेत्रमा प्रवेश गर्दै छिन्। यसको निर्देशन सुजोय घोषले गर्दै छन्। हाल यो प्रि–प्रडक्सनको क्रममा रहेको बताइएको छ।
२ अर्ब भारु बजेटको यो फिल्ममा शाहरुखले नै लगानी गर्ने बताइएको छ। हाल सुजोय घोष र सिद्धार्थ आनन्दले मिलेर यसमा काम गरिरहेका छन्। वार, पठान, फाइटरजस्ता फिल्मको सिद्धार्थले निर्माण गरिसकेका छन्।
त्यसैले यो फिल्मको प्रतीक्षा गरिएको छ।
1.2k
Shares
प्रतिक्रिया