कलाकार विल्सन विक्रम राई आफैँ फिल्म निर्देशन गर्ने तयारीमा छन्। यसैबीच उनी फिल्म ‘ज्वाइँ साब’ मा पनि जोडिएका छन्।
निर्माण टिम र विल्सनबीच कागजी सम्झौता भएको हो। फिल्ममा विल्सनको पावरफूल भूमिका रहने निर्माण टिमले जनाएको छ।
राजकुमार पण्डितको प्रस्तुतिमा रेड आई फिल्मस्ले ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण गर्न लागिएको हो। यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्दैछन्।
यस फिल्ममा जितु नेपाल, नीति शाह, हिमेश पन्त फाइनल भइसकेका छन् । मिनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन्। फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
यो फिल्मलाई तिहारमा रिलिज गर्ने निर्माण पक्षको योजना छ।
3
Shares
प्रतिक्रिया