६० वर्षको उमेरमा मिस युनिभर्स ब्युनस आयर्सको उपाधि जितेपछि वकिल तथा पत्रकार एलेजान्ड्रा मारिसा रोड्रिग्जले खुसी व्यक्त गरेकी छन्।
ताज पहिरिएपछि उनले भनिन्, ‘म यसको सुरुवात गर्ने पहिलो पुस्ताबाट हुँ।’
एलेजान्ड्रा मारिसा रोड्रिग्वेजले ६० वर्षको उमेरमा मिस युनिभर्स ब्युनस आयर्सको उपाधि जितेर इतिहास रचेकी छन्।
रोड्रिग्वेजले भनिन्, ‘म सौन्दर्य प्रतियोगितामा नयाँ युगको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छु। आज हामी एक नयाँ सुरुवात गर्दै छौँ, जहाँ महिलाहरू अब शारीरिक सौन्दर्यमा मात्र सीमित रहेनन्।’
आफ्नो भविष्यका योजना सुनाउँदै बताउँदै उनले थपिन्, ‘मिस युनिभर्स अर्जेन्टिना २०२४ मा सहभागी हुन पाउँदा म उत्साहित छु।’
यसअघि १८ देखि २८ वर्षसम्मका महिलाले मात्रै यस प्रतियोगितामा भाग लिन पाउँथे। सेप्टेम्बर २०२३ मा मिस युनिभर्स संगठनले यस प्रतियोगितामा भाग लिन उमेरको सीमा हटायो।
Shares
प्रतिक्रिया