ad ad

कला


कार दुर्घटनामा कन्नड टीभी अभिनेत्री पवित्राको मृत्यु

उनी सवार कार पहिले डिभाइडरमा ठोकियो, त्यसपछि बसले ठक्कर दियो
कार दुर्घटनामा कन्नड टीभी अभिनेत्री पवित्राको मृत्यु

फाइल फाेटाे : अभिनेत्री पवित्रा जयराम


नेपालखबर
बैशाख ३१, २०८१ सोमबार २०:१९, काठमाडौँ

गाडी दुर्घटनामा परी चर्चित कन्नड तथा तेलुगु टीभी अभिनेत्री पवित्रा जयरामको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार पवित्रा बेंगलुरुबाट हैदरावाद जाँदै गर्दा उनी सवार कार आइतबार राति १ बजे महबुबनगर जिल्लानजिक दुर्घटनामा परेको हो। 

अनियन्त्रित बनेको कार पहिले डिभाइडरमा ठोक्कियो र त्यसपछि बसले पनि उनको कारलाई ठक्कर दिएको थियो। पवित्राको घटनास्थलमै मृत्यु भएको हो। 

फाइल फाेटाे : अभिनेत्री पवित्रा जयराम

दुर्घटनामा उनका काका र चालक गम्भीर घाइते भएका छन्। 

टीभी अभिनेत्री पवित्राको निधनले साउथ फिल्म उद्योग स्तब्ध भएको छ।

अभिनेता समिप आचार्यले पवित्राको निधनप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा पवित्रालाई श्रद्धाञ्जली दिँदै उनले लेखेका छन्, ‘आज बिहान उठ्नेबित्तिकै यो दुखद खबर सुनेँ। स्तब्ध भएँ। मेरी पहिलो अनस्क्रिन आमा। तपाईं मेरा लागि सधैँ विशेष रहनुहुनेछ।’ 

पवित्राले कन्नड टीभी उद्योगको सिरियल ‘जोकाली’बाट आफ्नो करियर सुरु गरेकी थिइन्। १९१८ मा उनले तेलुगु टीभी उद्योगमा ‘निन्ने पेल्लादथा’ शोबाट डेब्यु गरेकी थिइन्।

उनले टिभी सिरियल तिलोत्तमाबाट घरघरमा चर्चा पाएकी थिइन्। पवित्रा धेरै कन्नड टेलिभिजन शृंखलाका लागि परिचित थिइन्। साथै उनले धेरै भाषाका टीभी शो र फिल्ममा पनि काम गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .