हलमा प्रदर्शनरत नेपाली फिल्म ‘शाम्बाला’ लाई बलिउड अभिनेता मनोज बाजपेयीले बधाई तथा शुभकामना दिएका छन्।
उनले फिल्मका अभिनेता कार्मलाई सुन्दर र असल फिल्म बनाउन अझै ऊर्जा मिलोस् भनेर शुभकामना दिएका छन्।
कार्मले इन्स्टाग्राममा बाजपेयीसँगको तस्विर सेयर गर्दै आफूहरुलाई सकरात्मक उर्जा र गुड भाइब्ससहितको सन्देश पठाएको उल्लेख गरेका छन्।
बाजपेयीसँगको तस्विर बर्लिन फिल्म फेस्टिभलमा खिचिएको हो। जहाँ मनोजले पनि ‘शाम्बाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए।
‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म हो।
केही समयअघि भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपले पनि नेपालमा भएको प्रिमियर शोमा यो फिल्म हेरेका थिए।
मीन भाम निर्देशित यस फिल्मले एकसातामा डेढ करोडको व्यापार गरिसकेको छ।
यो फिल्म स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ भएको थियो। जहाँ अभिनेत्री थिन्हेले उत्कृष्ट अभिनयका लागि बोक्कलिनो डिओर अवार्ड जितिन्।
भामको दोस्रो निर्देशकीय फिल्म ‘शाम्बाला’मा थिन्लेसहित सोनम तोप्देन मुख्य भूमिकामा छन्। यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा छ।
Shares
प्रतिक्रिया