चर्चित भारतीय अभिनेता प्रकाश राज नेपाल आएका छन्। उनी दक्षिण भारतीय फिल्म ‘ज्याक’ को छायांकनका लागि नेपाल आएका हुन्।
शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। जहाँ उनको स्वागतमा नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामा पुगेका थिए।
१० दिनका लागि सुटिङका क्रममा प्रकाश नेपाल आएको फिल्मको निर्माण व्यवस्थापन समेत रहेका लामाले जानकारी दिए।
ज्याकको छायांकन विगत पाँच दिनदेखि काठमाडौँमा भइरहेको छ।
आजबाट प्रकाश राज काभ्रेमा भइरहेको सुटिङका जोडिएका छन्। १० दिनसम्म प्रकाशले नेपालमा फिल्म सुटिङ गर्ने सेड्युल छ।
नेपालअघि यस फिल्मको सुटिङ भारतको हैदराबादमा गरिएको थियो।
प्रकाशराज र रवी प्रकाशसहित फिल्मका लागि १५ जनाभन्दा बढी कलाकार अहिले नेपालमा छन्।
केही नेपाली कलाकारले यस फिल्ममा अभिनय गरिरहेका छन्।
30
Shares
प्रतिक्रिया