वैवाहिक बलात्कार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका गायक रवि ओड रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार जिल्ला अदालतको आदेशमा ओड धरौटीमा बिहीबार साँझ रिहा भएका हुन्।
उनले भने, ‘जिल्ला अदालत कञ्चनपुरको आदेशअनुसार उनी ५ लाख धरौटी बुझाएर छुटेका हुन्।’
ओडविरुद्ध उनकी पत्नीले चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। जतिबेला गायक ओड देशबाहिर थिए।
स्वदेश फर्किएपछि उनी यही वैशाख २७ गते कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका थिए।
त्यस दिनदेखि सो कार्यालयको हिरासतमा रहेका उनी जिल्ला अदालतको आदेशअनुसार बिहीबार साँझ रिहा भएका हुन्।
गायक ओड गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेतासमेत हुन्।
237
Shares
प्रतिक्रिया