ad ad

कला


दिलकी डाक्टर स्मृतिको दिल छुने म्युजिक भिडियो

दिलकी डाक्टर स्मृतिको दिल छुने म्युजिक भिडियो

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १५:२८, काठमाडौँ

स्मृति शाक्य पेसाले चिकित्सक हुन्। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापक छिन्।

मुटुरोग विशेषज्ञ डा स्मृतिले अहिलेसम्म हजारौँ दिल अर्थात् हृदयको वेग नापेकी छन्। रोगीहरूको सफल उपचार गरिसकेकी उनले गायिकाको पनि परिचय थपेकी छन्।

सुमधुर आवाजकी धनी शाक्यले पछिल्लो समय ‘मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन’ बोलको मर्मस्पर्शी गीतको म्युजिक भिडिओ बजारमा ल्याएकी छन्। भिडिओमा सबै दृश्य काठमाडौँ र ललितपुरका छन्।

युट्युबमार्फत सार्वजनिक गीतमा अजयक्रान्ति शाक्यको शब्द र संगीत रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .