ad ad

समाज


कीर्तिपुरमा ग्याङफाइट गर्ने ९ जना पक्राउ

कीर्तिपुरमा ग्याङफाइट गर्ने ९ जना पक्राउ

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १५:२८, काठमाडौँ

काठमाडौंको कीर्तिपुरमा २ दिनअघि भएको ग्याङफाइटमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

२०८१ जेठ २ गते बेलुका ७ बजेतिर कीर्तिपुर नगरपालिका १० नयाँबजारमा दुई समूहबीच झगडा भएको थियो। झडपमा कीर्तिपुर १० चिट्टुपबहारका २४ वर्षीय साजिस श्रेष्ठको खुकुरी प्रहार गरी हात काटिएको थियो।

तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिइवीले दुई समूहबीच झडप भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

प्रहरीका अनुसार श्रेष्ठलाई कैलाली घोडाघोडी नगरपालिका १० का २५ वर्षीय तपेन्द्रराज खाती समेतको समूहले खुकुरी प्रहार गरी बायाँ हात पूर्ण रुपमा क्षेति बनाएका थिए।

बा प्र–०२–०४० प ४०४७ नम्बरको होन्डा हर्नेट मोटरसाइकलमा अल्फाबेट नखुलेको ८४०२ को पल्सर मोटरसाइकल र अरु दुईवटा मोटरसाइकलमा फरार भएको सूचना प्रहरीले पाएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरको विशेष टोलीले वैतडी पुरचौडी नगरपालिका १ घर भई हाल कीर्तिपुर ५ बस्ने २७ वर्षीय जयन्त धानुकसहितका व्यक्तिलाई पक्राउ गरेको थियो। अहिले पक्राउ पर्नेको संख्या ९ पुगेको छ। उनीहरुविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

पक्राउ पर्नेमा अछामको बिरपद गाउँपालिका १ घर भई हाल कीर्तिपुर बस्ने २७ वर्षका मोहन खड्का, अछामको कमलबजार नगरपालिका १ घर भई हाल काठमाडौंको गोठाटार बस्ने २१ वर्षका ध्रुवबहादुर बिष्ट, बझाङको दुर्गाथलि गाउँपालिका ७ घरभई पुतलीसडक बस्ने २० वर्षका उपेन्द्र  र बझाङको खप्तड छान्ना गाउँपालिका ५ घर भई हाल मैतिदेवी बस्ने २१ वर्षका सुदिप गिरी रहेका छन्। गिरीले नै खुकुरी प्रहार गरेको प्रहरीको दाबी छ।

यस्तै, अछाम रामारोसन गाउँपालिका ७ घर भई हाल रातोपुल बस्ने २३ वर्षका नविन भन्ने नृप भण्डारी, बैतडीको पुरचौडी नगरपालिका १ घर भई हाल कीर्तिपुर ५ बस्ने २७ वर्षीय जयन्त धानुक, कैलालीको गैरीगंगा नगरपालिका ५ घर भई हाल बानेश्वर बस्ने २० वर्षका तेज थापा, कैलालीकै  गैरीगंगा नगरपालिका ९ घर भई हाल च्यासल बस्ने २२ वर्षका तपेन्द्र खाती, बझाङ थलगा गाउँपालिका घर भई हाल बानेश्वर बस्ने २१ वर्षका सुनिल रोकायालाई पनि प्रहरीले पक्राउ गरेको छ।

घटनामा प्रयोग भएको खुकुरी पनि बरामद गरेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .