नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’ शुभ मुहूर्तसँगै आजबाट छायांकन सुरु गरिएको छ। पाँचथरको साधुटारबाट सुटिङ सुरु गरिएको निर्देशक नवीन चौहानले बताए।
उनका अनुसार फिल्मको सेड्युल ३५ दिनको रहेको छ। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिचिरहेका छन्।
फिल्ममा विपिन कार्की र मिरुना मगरको मुख्य भूमिकामा छन्। विपिन र मिरुनाले तीन दिनपछि सुटिङमा जोडिने छन्।
त्यसैगरि, एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय छ।
फिल्मको कथा निर्देशक चौहानले नै लेखेका छन् भने सह(लेखन सुरज कटुवालले गरेका छन्। यो वर्षको असोजरकात्तिकमा फिल्मलाई प्रदर्शन गर्ने लक्ष्य छ।
33
Shares
प्रतिक्रिया