ad ad

कला


पूजा स्टारर ‘दान्भी’लाई उत्साहजनक शो

पूजा स्टारर ‘दान्भी’लाई उत्साहजनक शो

नेपालखबर
असार ६, २०८१ बिहिबार १३:४६, काठमाडौँ

पूजा शर्मा स्टारर एक्सन फिल्म ‘दान्भी’ले उत्साहजनक शो पाएको छ।

भोलि असार ७ गतेदेखि रिलिज हुने यस फिल्मले मल्टिप्लेक्स हलहरुबाट पहिलो दिनलाई सुखद शो पाएको हो। 

क्यूएफएक्सले पहिलो दिन यस फिल्मलाई उपत्यकाभरि १६ शो र बाहिर ३१ शो उपलब्ध गराएको हो।

आईएनआई १२, वान सिनेमाज ७, एफक्यू, बीएसआर, बिग मुभिज रञ्जनालगायत मल्टिप्लेक्स हलमा पनि राम्रै शो पाएको छ। 

उपत्यकाबाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौँडा, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, दमौलीलगायत प्रमुख सहरसहित ५५ वटा हलमा यो फिल्म प्रदर्शन हुनेछ।

रुपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजाले पहिलोपटक एक्सन चरित्र निर्वाह गरेकी छन्।

यस फिल्ममा पूजासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायतले अभिनय गरेका छन्।

फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन्।

रविना थापा मगरको कथा रहेको फिल्ममा सन्जोग राणाको पटकथा तथा संवाद छ।

फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौँ उपत्यकामा र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .