अभिनेता खगेन्द्र लामिछाने ‘के घर के डेरा : घर नम्बर २’ मा अनुबन्धित भएका छन्। खगेन्द्रलाई निर्माणटिमले फिल्मको मुख्य भूमिकामा अनुवन्धित गरेको हो।
दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्मको साउन २५ गतेबाट छायाङ्कन गर्ने तयारी छ। अब फिल्मको प्रि–प्रोडक्शनको कामलाई तिव्रता दिने बताएको छ।
फिल्ममा काम गर्ने पक्का भएपछि खगेन्द्र निकै उत्साहित देखिए। राम्रो टिम र राम्रो कथामा काम गर्न पाउँदा निकै खुशी लागेको उनको भनाइ छ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अन्य कलाकारहरु फाइनल गर्दै जाने निर्माणपक्षले जनाएको छ।
यस फिल्मको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन्। फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन्।
युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ। सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए।
Shares
प्रतिक्रिया