गायक रवि ओडले वैवाहिक जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्।पत्नीलाई बलात्कार गरेको अभियोगमा गायक ओडलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको हो।
अदालतका सूचना अधिकारी लक्ष्मणप्रसाद चपाईंले जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले आइतबार फैसला सुनाउँदै ओड निर्दाेष ठहर गरेको जानकारी दिए।
‘ओडविरुद्ध अभियोगमा दाबी नपुगेकाले सफाइको फैसला भएको हो’, सूचना अधिकारी चपाईंले मंगलबार नेपालखबरसँग भने।
गायक ओडविरुद्ध उनकी पत्नीले जबर्जस्ती करण तथा अप्राकृतिक मैथुन गरेको आरोप लगाउँदै गत चैत २० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। जतिबेला ओड कामको सिलसिलामा विदेश थिए।
विदेशबाट फर्किएर उनले गत वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए भने जेठ ३ गते ५ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए।
1.8k
Shares
प्रतिक्रिया