गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायाङ्कन सकेका छन्। उनले फेसबुकमार्फत फिल्मको सुटिङ सकिएको जानकारी दिएका हुन्।
साथै उनले कलाकारका हिसाबले धेरै राम्रो अनुभव र सिकाइ भएको समेत उल्लेख गरेका छन्। सरोज पौडेल निर्देशित यस फिल्ममा सपुत मुख्य भूमिकामा देखिएका छन्।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको छायाङ्कन दुई चरणमा गरिएको हो। विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्मको कथा पौडेलले लेखेका हुन्।
फिल्ममा प्रकाशसहित विजय बराल, मुकुन भुषाल, अञ्जना बराइली, भोलाराज सापकोटा, विनोद न्यौपाने, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, जान्भि पौडेल, स्वायम् केसी लगायतको अभिनय छ।
सामाजिक कथावस्तुमा बनेको यो फिल्म गन्धर्व समुदायको कथामा आधारित छ। यस फिल्ममा आगामी वर्ष प्रदर्शन गर्ने योजना रहेको छ।
Shares
प्रतिक्रिया