ad ad

कला


दुर्गेश र सदीक्षाको स्वरमा फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक (भिडिओ)

दुर्गेश र सदीक्षाको स्वरमा फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक (भिडिओ)

नेपालखबर
साउन २६, २०८१ शनिबार १०:२९, काठमाडौँ

असोज ३ देखि प्रदर्शन गर्ने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ। 

फिल्मको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीत सार्वजनिक गरिएको हो।

जसको भिडिओमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन्।

यस गीतमा संगीत निर्देशन, शब्द रचना र एरेन्ज गायक दुर्गेश थापाकै हुन्। 

गायनमा दुर्गेशलाई सदीक्षा कट्टेलले साथ दिएकी छन्।

पार्श्व गायनमा उनको यो डेब्यु सिनेमा हो। सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले दर्शकमाझ सिनेमाको हाइप निर्माण गर्ने विश्वास टिमले गरेको छ।

नीता फिल्मस्‌को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन्।

फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारले अभिनय गरेका छन्। 

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। 

यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो।

अभिनेत्री नीता ढुंगानाको लगानीमा बनेको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ।

हेर्नुहोस् गीत-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .